डाट्सनको नयाँ रेडि–गो नेपाली बजारमा, मूल्य २४ लाख « Khabarhub

डाट्सनको नयाँ रेडि–गो नेपाली बजारमा, मूल्य २४ लाख


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डाट्सनले नयाँ गाडी रेडि-गो नेपाली बजारमा ल्याएको छ । यो नयाँ रेडि–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्‍न प्रिमियम एवं उल्लेख्य सुविधा रहेको जनाइएको छ ।

हेचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ परिभाषित गरेको कम्पनीले जनाएको छ । भिज्यूअल अपिलिङ्गको लागि एल–सेप डिआरएल, सिल्क हेडल्याम्पस्को साथ सिल्भर डेकोरेशन, १४ इन्चको टायरलगायतका सुविधा रहेको जनाइएको छ । नयाँ डाट्सन रडी–गोको बजार मूल्य २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

निशान इन्डिया अपरेसनका अध्यक्ष सिनान् ओजक्कोक्का अनुसार नयाँ डाट्सन रेडी–गो स्ट्रङ भ्याल्यू पोजिसनको साथ उच्च गुणस्तरीय उत्पादन रहेको छ । यो जापानिज प्रविधिद्वरा निर्माण गरिएको र यसमा सेगमेन्ट लिडिङ्ग सुविधाहरु रहेका छन् ।

हेचब्याकमा १८७ एम एम को सेगमेन्ट लिडिङ्ग ग्राउण्ड क्लियरेन्स तथा क्लास लिडिङ्ग रियर नि रुम कम्फोर्टले सेडानको जत्तिकै सुविधा प्रदान गर्ने जनाइएको छ । यो गाडि नेपाली सडक सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

नयाँ रेडि–गोमा वेस्ट इन क्लास फिचरहरुमा ८ इन्चको टच स्क्रीन, एडभान्स एण्ड्रोइड तथा एप्पल कार प्ले मार्फत् सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम रहेको छ । प्रिमियम गन मेटल फिनिसिङ्गको साथ अनबोर्ड एक ड्युल टोन इन्स्ट्रुमेन्ट प्यानल पनि रहेको छ ।

यो चाडबाडको मौसममा नयाँ रेडि–गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ । त्यसै गरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) तथा १.० एल पनि उपलब्ध रहेका छन् । नयाँ रेडि–गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ ।

स्यान्डस्टोन ब्राउन (नयाँ) भिभिड ब्लु (नयाँ), ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फायर रेडमा यो गाडी उपलब्ध रहेको छ । डाट्सनले १ वर्षको वा २०,००० किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गरेको छ र यो प्रवर्धनात्मक अवधिमा खरिद गर्नुहुने ग्राहकहरुलका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३०,००० किलो मिटर सम्म वारेन्टी प्राप्त हुने जनाइएको छ । त्यसै गरी खरिद कर्ताले चालु आ.व. को सवारी कर तथा काठमाडौं उपत्यका भित्र रोडसाइट सेवा पनि प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ३२ बजे

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य

चुनावी घोषणापत्रका नाममा जनतालाई झुक्याइएको छ : घनश्याम भुसाल

बुटवल– नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राजनीतिक दलहरूले चुनावी