काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखियो : मन्त्री ज्ञवाली « Khabarhub

काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखियो : मन्त्री ज्ञवाली


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौं उपत्यकाले थप कोरोना संक्रमित धान्न नसक्ने र आम सर्वसाधारण नागरिकको क्रियाकलापले लकडाउन गर्ने वा नगर्ने निर्धारण हुने बताएको छ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै काठमाडौंले थप कोरोना संक्रमित धान्न नसक्ने बताएका हुन्।

ज्ञवालीले कोरोना नियन्त्रणमा काठमाडौं चुकेको उल्लेख गर्दै भयाभह अवस्था आउन सक्ने चेतावनी दिए। अरु हरेक मोर्चामा अघि देखिने काठमाडौँमा कोरोनाविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ थियो।

“काठमाडौं धेरै हिसाबले देशलाई नमूना दिने, दृष्टान्त प्रस्तुत राजधानी शहर हो। हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेको छ। तर महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको छ”, ज्ञवालीले  भने।

पछिल्ला दिनमा देशभर देखिएको कोरोना संक्रमितको ६० प्रतिशत उपत्यकामा मात्रै  देखिएको हुँदा अब कोरोना संक्रमितको उपचार गर्न कठिन पर्दै जाने अवस्था आएको उनले बताए ।

अहिलेको स्वास्थ्य सामर्थ्यले यो अवस्थालाई धान्न नसक्ने ज्ञवालीको भनाइ छ। उपत्यका बाहिरका जिल्लामा कोरोना नियन्त्रण प्रभावकारी भए पनि काठमाडौँमा हुन नसकेका उनको भनाइ छ।

महामारी नियन्त्रणका लागि नागरिक तहबाटै सचेतता अपनाउनु पर्ने भन्दै ज्ञवालीले १० लाख ५० हजार भन्दा बढीको ज्यान जाने रोग सामान्य नभएको बताए।

उनले चाडवाडसमेत होसियारी पूर्वक मनाउन सरकारका तर्फबाट आह्वान गर्दै विगतका वर्षमा जस्तो उल्लासका साथ चाड मनाउने अवस्था अहिले नरहेको बताए।

नागरिकको जीवनरक्षा सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उनले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने समेत बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ३३ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि