काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखियो : मन्त्री ज्ञवाली « Khabarhub

काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखियो : मन्त्री ज्ञवाली


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौं उपत्यकाले थप कोरोना संक्रमित धान्न नसक्ने र आम सर्वसाधारण नागरिकको क्रियाकलापले लकडाउन गर्ने वा नगर्ने निर्धारण हुने बताएको छ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै काठमाडौंले थप कोरोना संक्रमित धान्न नसक्ने बताएका हुन्।

ज्ञवालीले कोरोना नियन्त्रणमा काठमाडौं चुकेको उल्लेख गर्दै भयाभह अवस्था आउन सक्ने चेतावनी दिए। अरु हरेक मोर्चामा अघि देखिने काठमाडौँमा कोरोनाविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ थियो।

“काठमाडौं धेरै हिसाबले देशलाई नमूना दिने, दृष्टान्त प्रस्तुत राजधानी शहर हो। हरेक राजनीतिक परिवर्तनमा सामाजिक पविर्तनहरुमा यसले त्यही भूमिका खेलेको छ। तर महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको छ”, ज्ञवालीले  भने।

पछिल्ला दिनमा देशभर देखिएको कोरोना संक्रमितको ६० प्रतिशत उपत्यकामा मात्रै  देखिएको हुँदा अब कोरोना संक्रमितको उपचार गर्न कठिन पर्दै जाने अवस्था आएको उनले बताए ।

अहिलेको स्वास्थ्य सामर्थ्यले यो अवस्थालाई धान्न नसक्ने ज्ञवालीको भनाइ छ। उपत्यका बाहिरका जिल्लामा कोरोना नियन्त्रण प्रभावकारी भए पनि काठमाडौँमा हुन नसकेका उनको भनाइ छ।

महामारी नियन्त्रणका लागि नागरिक तहबाटै सचेतता अपनाउनु पर्ने भन्दै ज्ञवालीले १० लाख ५० हजार भन्दा बढीको ज्यान जाने रोग सामान्य नभएको बताए।

उनले चाडवाडसमेत होसियारी पूर्वक मनाउन सरकारका तर्फबाट आह्वान गर्दै विगतका वर्षमा जस्तो उल्लासका साथ चाड मनाउने अवस्था अहिले नरहेको बताए।

नागरिकको जीवनरक्षा सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उनले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने समेत बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ३३ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ