मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि « Khabarhub

मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुम्बई इण्डियन्सले पाँचौँ पटक आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौँ पटक च्याम्पियन बनेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।

ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए । दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर द्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस शुन्य रनमा आउट भए ।

अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १/१ विकेट लिए ।

हारसँगै पहिलो पटक फाइनल पुगेको दिल्ली उपविजेतामा सीमित भएको छ ।

मुम्बई भने पाँच पटक आईपीएल जित्ने पहिलो टिम पनि बनेको छ । मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो ।

मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : ५३ बजे

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको