भारतको बिहारमा फेरि सत्ताधारी दललाई बहुमत, नितिशकुमार मुख्यमन्त्री बन्दै « Khabarhub

भारतको बिहारमा फेरि सत्ताधारी दललाई बहुमत, नितिशकुमार मुख्यमन्त्री बन्दै


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बिहार राज्यमा फेरि जनता दल युनाइटेड (एनडीए)को सरकार बन्ने निश्चित भएको छ ।

२ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २७ सिट जितेको छ ।

भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) मा जनता दल युनाइटेडले ४३ सिट र भारतीय जनता पार्टीले ७४ सिट जितेको बीबीसी हिन्दीले जनाएको छ ।

बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो ।

एनडीएका तर्फबाट सातौँ पटक अब नितिश कुमार नै बिहारको मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने राष्ट्रिय जनता दलले ७५ सिटमा जितेको छ ।

बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार सात सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको बताइएको छ ।

बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा तीन चरणमा चुनाव भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ४१ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना