विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त | Khabarhub Khabarhub

विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु, ९४ हजार सिकिस्त


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर एकैदिन ९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार १८१ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ५२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४२ हजार संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार नाघेको छ ।

यसमध्ये ३ करोड ६३ लाख ८५ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २२ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ३२ हजार ४४५ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९४ हजार ९१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : २४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने