‘विप्लव’ समूहको नाम लिदै तीन करोड चन्दा माग्ने चार जना पक्राउ « Khabarhub

‘विप्लव’ समूहको नाम लिदै तीन करोड चन्दा माग्ने चार जना पक्राउ


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नाममा ३ करोड रूपैयाँ चन्दा मागेको आरोपमा चार जना काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्यलाई पक्राउ गरेको हो । ४२ वर्षीय आचार्य कानुन व्यवसायी हुन् ।

सो समूहले कन्सल्टेन्सी संचालकसँग धम्क्याउँदै तीन करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले बताए ।

रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्वजिल्ला सेक्रेटरी हुन् । अहिले आफूले सो समूह परित्याग गरेको उनले प्रहरीलाई बताएका छन् ।

कानून व्यवसायी समेत रहेका ४२ वर्षीय आचार्यले ‘हामी विप्लव समूहका हौं’ तीन करोड चन्दा नदिए ‘दुई दिनमा सिध्याइ दिन्छौँ’ भन्दै कन्सल्टेन्सी संचालकलाई धम्की दिएको प्रहरीले जनाएको छ ।

बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । उनीहरूलाई अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको महानरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ३० बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख