‘विप्लव’ समूहको नाम लिदै तीन करोड चन्दा माग्ने चार जना पक्राउ « Khabarhub

‘विप्लव’ समूहको नाम लिदै तीन करोड चन्दा माग्ने चार जना पक्राउ


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नाममा ३ करोड रूपैयाँ चन्दा मागेको आरोपमा चार जना काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्यलाई पक्राउ गरेको हो । ४२ वर्षीय आचार्य कानुन व्यवसायी हुन् ।

सो समूहले कन्सल्टेन्सी संचालकसँग धम्क्याउँदै तीन करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले बताए ।

रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्वजिल्ला सेक्रेटरी हुन् । अहिले आफूले सो समूह परित्याग गरेको उनले प्रहरीलाई बताएका छन् ।

कानून व्यवसायी समेत रहेका ४२ वर्षीय आचार्यले ‘हामी विप्लव समूहका हौं’ तीन करोड चन्दा नदिए ‘दुई दिनमा सिध्याइ दिन्छौँ’ भन्दै कन्सल्टेन्सी संचालकलाई धम्की दिएको प्रहरीले जनाएको छ ।

बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । उनीहरूलाई अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको महानरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ३० बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट