यशराजले ५० रुपैयाँमा हलमा फिल्म देखाउँदै « Khabarhub

यशराजले ५० रुपैयाँमा हलमा फिल्म देखाउँदै


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – कोरोना भाइरस महामारीका कारण भारतका सिनेमा घरमा कुनै पनि फिल्मले व्यापार गर्न सकेका छैनन् । भारतमा करीब ७ महिनादेखि बन्द रहेका सिनेमा घरहरु खुला त गरियो । तर, दर्शक फिल्म हेर्न हलसम्म पुगेका छैनन् ।

यता फिल्म हल मालिक दर्शकलाई सिनेमा घरसम्म बोलाउने प्रयास गरिरहेका छन् ।

भारतमा सिनेमा घरका चेन पीवीआर, आइनोक्स र सिनेपोलिसले यस दिपावलीमा यशराज फिल्मको ५० वर्ष पुराना फिल्म देखाउने निर्णय गरेका छन् ।

यता यशराज फिल्मसले पनि मल्टिप्लेक्स हललाई सहयोग गर्ने निर्णय गरेको छ । यसले सिनेमा घरमा पुनः दर्शक आउने आशा गरिएको छ ।

लामो समयको छलफलपछि सिनेमा घरमा टिकटको ५० रुपैयाँ तय गरिएको छ । अब दर्शकले केवल ५० रुपैयाँमै फिल्म हेर्न पाउनेछन् ।

कोरोना भाइरसका कारण भारतीय फिल्म बजार पूर्ण रुपमा प्रभावित भएको छ । सात महिनासम्म सिनेमा घर बन्द रहेका थिए ।

यशराज फिल्मसले सबै वितरकलाई सिनेमा घरमा दर्शक आउन् भनेर सस्तोमा फिल्म देखाउन प्रस्ताव गरेको थियो ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : २५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा