मुक्तिनाथ विकास बैंक, राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर « Khabarhub

मुक्तिनाथ विकास बैंक, राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुक्तिनाथ विकास बैंक लि.ले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

बैंकले एक विज्ञप्ति जारी गर्दै जर्मन सरकार समर्थित परियोजनामा हस्ताक्षर गरेको हो । बैंकले जर्मन सरकार समर्थित उक्त परियोजना ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एम.एस.एम.इ वित्त चरण २, नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगमद्धारा सञ्चालनमा रहेको जनाएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. श्री प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

‘लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्र्तगत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्मोगलाई कर्जा प्रदान गर्ने जनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा रु. २ लाख देखी रु. ४० लाख सम्म) प्रदान गर्नेछ ।’

विकास बैंकहरु मध्ये अग्र पंक्तीमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ३ : ३६ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित