टानका अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप « Khabarhub

टानका अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०मा संस्था नवीकरण गरी लिइएको ५ लाख रुपैयाँभन्दा बढी रकमको चेक संस्थाकै अध्यक्ष खुमबहादुर सुवेदीले गायब पारेका छन् ।

ट्रेकिङ एजेन्सीहरुबाट गत वर्ष लिइएको ५ वटा चेकबापतको रकम एक वर्षदेखि अध्यक्षले हिनामिना गरेको आरोप लागेको हो ।

लेखापरीक्षण र बैंक स्टेटमेन्टका आधारमा रकम अपुग भएपछि उक्त रकमको खोजी हुदाँ अध्यक्ष स्वयंले रकम गुपचुप गरेको खुलेको हो ।

टान कार्यसमितिका पदाधिकारीले चेकबापतको रकम जम्मा गर्न आग्रह गरे पनि जम्मा हुन अध्यक्षले आनाकानी गरेको एक सदस्यले आरोप लगाए । चेक हिनामिना भएको खुलेपछि सोमबार पदाधिकारीको बैठकले चेकवापतको रकम जम्मा गर्न दबाब दिएका थिए ।

पदाधिकारीको दबाबपछि अध्यक्षले ४ वटा चेकबापतको रकम जम्मा गरेको र अझै १ लाख ४२ हजार १ सय रुपैयाँ चेकको रकम जम्मा नभएको एक सदस्यले बताए ।

कोषाध्यक्षको मिलेमतोमा अध्यक्षले ती चेकहरू वर्षौंदेखि गायब पारेको पदाधिकारी सदस्यहरूले आरोप लगाएका छन् । अध्यक्ष सुवेदीले ५ वटा चेकबापतको रकम लिएर ८० वटा ट्रेकिङ कम्पनी नवीकरण गरेका थिए ।

विभिन्न कारणले विवादमा फसेको टान ५ वर्षदेखि नवीकरण हुन सकेको छैन । संस्था अवैधानिक रुपमा संस्था सञ्चालन हुँदै आएको छ ।

टान अध्यक्षको बदमासीले गर्दा १ हजार ८ सयभन्दा बढी ट्रेकिङ कम्पनी सदस्य रहेको टान र समग्र ट्रेकिङ क्षेत्र नै बदनाम हुँदै आएको व्यवसायीहरूले आरोप लगाएका छन् ।

यता अध्यक्ष सुवेदीले भने यी समाचारलाई कपोलकल्पित भएको भन्दै आरोपको खण्डन गरेका छन् ।

‘यस संघमा मेरो यात्रा लामो रहदै आएको छ र भविश्यमा पनि संघको सदस्यको हैसियतले सङ्घको भलो चिताएर निष्ठापूर्वक कार्य गर्नेनै छु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगतमा कार्यसमितिको सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पदिय जिम्बेवारी पुरा गर्दै वर्तमान अवस्थामा अध्यक्ष पदसम्म आइपुदा मैले सधै संस्थाको हित, पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप सत्य र निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आइरहेको छु ।’

उनले विधिसम्मत तरिकाबाट केही सदस्यहरू मनोनयन गरेको र सदस्य चयनमा असहमति जनाएकाले आफ्नो चरित्रहत्या गर्न आरोप लगाएको बताएका छन् । ‘केही असन्तुस्ट पक्षले मेरो चरीत्र हत्या गर्ने गरी म माथि लगाईएको त्यस्ता आरोप कपोकल्पीत र भ्रामक भएको र कुनै सत्यता नभएको तर्फ सम्बन्धित सन्चार माध्यमहरु समेतको ध्यानाकर्षण गर्न चाहान्छु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ३० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु