सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गरिने « Khabarhub

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गरिने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोभिड १९ को परीक्षण र उपचार गर्न सूचीकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ का लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नेपाल सरकारले परीक्षण र उपचारका विषयमा गरेको निर्णय संशोधन गर्दै कोरोना परीक्षण र उपचार पुनः निशूल्क गर्ने निर्णय भएको जानकारी दिए ।

तर कोरोना बीमा गरेका व्यक्तिहरुको हकमा भने सबै परीक्षण र उपचार खर्च व्यक्तिको बीमा रकमबाट भुक्तानी गरिनुपर्ने पनि जानकारी दिए ।

डा गौतमले सक्षम र इच्छुक व्यक्तिले परीक्षण र उपचारमा शुल्क तिरेर योगदान गर्न सक्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ५७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने