कीर्तिपुरमा यसरी भइरहेको छ ‘युद्ध स्मारक पार्क’ निर्माणको काम « Khabarhub

कीर्तिपुरमा यसरी भइरहेको छ ‘युद्ध स्मारक पार्क’ निर्माणको काम


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर- नेपाल एकीकरणका क्रममा गोर्खाली र कीर्तिपुरे फौजबीच (१८१४ देखि १८२२ सम्म तीनपटक) युद्ध भएको ऐतिहासिक स्थान किर्तिपुरमा ‘युद्ध स्मारक पार्क’ निर्माण भइरहेको छ ।

करीव २६२ वर्षअघि भएका युद्धको झल्को दिनेगरी कीर्तिपुर नगरपालिकाले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको हो ।

‘ढाल र तरबारसहित पृथ्वीनारायण शाह, कालु पाण्डेसहितका गोर्खाली सेनाले कीर्तिपुरमाथि तीन पटक आक्रमण गरे, घमासान युद्ध भयो । त्यहि युद्ध कीर्तिपुरवासीका लागि गर्विलो इतिहास बन्यो,’ किर्तिपुर नागरपालिकाका मेयर रमेश महर्जनले भने, ‘यो युद्ध पार्कमा इतिहास मात्र होइन, नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्राहलय पनि निर्माण गर्ने योजना छ ।’

मेयर महर्जनले युद्धको झल्को दिने गरी ‘युद्ध स्मारक पार्कमा मुर्त–अमूर्त स्मारकहरु राख्ने जानकारी दिए । उनका अनुसार अहिले त्यसका लागि ३० भन्दा बढी त्यस्ता मूर्ति र स्मारक निर्माण भइसकेका छन् ।

मेयर महर्जनले इतिहासको जगेर्ना गर्दै पर्यटन व्यवसायका रुपमा जोड्ने योजनासहित नगरपालिले काम अघि बढाएको जानकारी दिए ।

यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले ‘युद्ध स्मारक पार्क’को अनुगमन गरेको छ ।

केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिककै आर्थिक सहयोगमा निर्माणाधिन तारकेश्वर धामको अनुगमन गरेका मेयर शाक्यले युद्ध पार्क निर्माणको कामलाई तीव्रता दिन आग्रह गरे ।

उनले काठमाडौँका १० र मध्यपुर ठिमी नगरपालिकालाई समेत यस्ता परियोजनाका काठमाडौं महानगरले सहयोग गरेको जानकारी दिए ।

नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको इतिहास छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ४५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक