अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री पौडेल « Khabarhub

अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री पौडेल


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए ।

उनले निजी क्षेत्रसँगको सहकार्यमै कोभिड-१९ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताए । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका छन् ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे ।

उक्त अवसरमा चेम्बरले सरकारलाई विभिन्न २२ बुँदे सुझाव पेश गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ३२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको