भारतीय पत्रकार गाेस्वामी जमानतमा रिहा « Khabarhub

भारतीय पत्रकार गाेस्वामी जमानतमा रिहा


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको थियो । मुम्बई उच्च अदालतले जमानत नदिनु निकै गलत भएकाे सर्वाेच्च अदालतले बताएकाे छ ।

अलीबागका इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पत्रकार गोस्वामीलाई गत १९ गते उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने ५ करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्यमले बताएका छन् ।

गोस्वामीले हिरासतमा रहँदा आफूमाथि कुटपिट भएको र दुर्व्यवहार गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ७ : २४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र