न्युरे निधनको शोकमा विहीबार नवलपुरका व्यापार व्यवसाय बन्द गरिने « Khabarhub

न्युरे निधनको शोकमा विहीबार नवलपुरका व्यापार व्यवसाय बन्द गरिने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुर उद्योग वाणिज्य संघ कार्य समिति सदस्य पूर्णप्रसाद न्युरेको निधन भएको शोकमा भोलि (विहीबार) नवलपुर जिल्लाका व्यापार व्यवसाय बन्द गरिने भएको छ ।

न्युरेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना स्वरुप कात्तिक २७ गते एक दिन नवलपुरका उद्योगी व्यवसायीहरुलाई बजार बन्द गरिदिन अनुरोध गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए ।

कावासोति नगरपालिका ८ मा हंस खाद्य सप्लायर्स र मध्यबिन्दु नगरपालिका १ मा सञ्चालित आशिर्वाद एग्रो फुड्स प्रालिका सञ्चालक न्युरेको कात्तिक २५ गते स्वास्थ्य उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

न्यूरेलाई कोरोना संक्रमण भएको आशंका गरिएको भए पनि उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : २७ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व