न्युरे निधनको शोकमा विहीबार नवलपुरका व्यापार व्यवसाय बन्द गरिने | Khabarhub Khabarhub

न्युरे निधनको शोकमा विहीबार नवलपुरका व्यापार व्यवसाय बन्द गरिने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुर उद्योग वाणिज्य संघ कार्य समिति सदस्य पूर्णप्रसाद न्युरेको निधन भएको शोकमा भोलि (विहीबार) नवलपुर जिल्लाका व्यापार व्यवसाय बन्द गरिने भएको छ ।

न्युरेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना स्वरुप कात्तिक २७ गते एक दिन नवलपुरका उद्योगी व्यवसायीहरुलाई बजार बन्द गरिदिन अनुरोध गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए ।

कावासोति नगरपालिका ८ मा हंस खाद्य सप्लायर्स र मध्यबिन्दु नगरपालिका १ मा सञ्चालित आशिर्वाद एग्रो फुड्स प्रालिका सञ्चालक न्युरेको कात्तिक २५ गते स्वास्थ्य उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

न्यूरेलाई कोरोना संक्रमण भएको आशंका गरिएको भए पनि उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : २७ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र