गण्डकीमा १८२ कोरोना संक्रमित थपिए, एकको मृत्यु | Khabarhub Khabarhub

गण्डकीमा १८२ कोरोना संक्रमित थपिए, एकको मृत्यु


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

कास्कीको रुपा गाउँपालिका-५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।

प्रदेशमा कुल कोरोना संक्रमितको संख्या नौ हजार ७०३ छ । प्रदेशमा हालसम्म चार हजार ९७० निको भएका छन् भने सक्रिय संक्रमितको चार हजार ६२० रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : १३ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन