ज्योतिष शास्त्र : जन्मदिनमा के गर्ने, के नगर्ने ? « Khabarhub

ज्योतिष शास्त्र : जन्मदिनमा के गर्ने, के नगर्ने ?


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रका अनुसार जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ ।

जन्मदिन मनाउँदै गर्दा केही गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कतिलाई थाहा हुन पनि सक्छ कतिलाई थाहा नहुन पनि सक्छ ।

हामी आज जन्मदिनमा के गर्नु हुन्छ के गर्नु हुँदैन भन्नेबारे केही जानकारी दिन गइरहेका छौं ।

यी कामहरु आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस्

१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्नेः आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो । तयसैले यस्ता काम नगरेको राम्रो ।

२. हत्या हिंसा गर्नु हुँदैनः जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषतस् जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ । तर यो सबैभन्दा ठुलो भुल हो । जतिसुकै पुजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जीवनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जीवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो । जन्मदिनको दिनमा चाहीँ भुलेर पनि यो गल्ति नगर्नुहोस् ।

३. मांसाहारी भोजन नगर्नेः जन्मदिनको दिन तामसी र राजसी भोजन ९माछा, मासु, अण्डा, वियर र रक्सि० सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बिग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।

४. तितो वचन नगर्नुस्ः जन्मदिनको दिन कसैलाई पनि तितो वचन नगर्नुस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि वादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।

यी काम गर्दा राम्रो हुन्छ

दान गर्नुस्ः जन्मदिनको दिन गरिब दुखीको सेवा गर्नुस् । तपाइ जन्मदिन भनेर १०० जना आफन्त बोलाएर खुवाउनु भन्दा तिनलाई एक छाक भएपनि खुवानुहोस् जो भोका छन् ।

हत्या हिंसा गर्नु भन्दा नि गरिब दुखीको सेवा गर्नतिर लाग्नुस् । पुजा पाठ गर्नुहोस्स् जन्मदिनको दिन पुजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् । खुशियाली बाढ्नुहोस् परिवार साथीभाई इष्टमित्र र समाज सबैसंग खुशीयाली बाढ्नुहोस् ।

सकारात्मक सोंच राख्नुहोस् । अठोट गर्नुहोस् र पूरा गर्ने प्रतिज्ञा गर्नुस् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ५ : २४ बजे

रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार

युक्रेन,रूस र अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक, अर्को चरण चाँडै : जेलेन्स्की

युक्रेन– युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच दुई दिन चलेको

बालेन्द्रको दाबी : हामी सरकार बनाउँदैछौँ, रास्वपाको स्पष्ट बहुमत आउँछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले फागुन

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी