हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर « Khabarhub

हुस्सुले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा असर


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि उडानमा असर भएको छ ।

हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडानमा असर गरेको हो । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ ।

बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए ।

उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ । आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ३० बजे

‘नेपाल फर्मा एक्स्पो २०२६’ सफलतापूर्वक सम्पन्न 

काठमाडौंं– नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन

नेपाल चिकित्सक संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौ– प्रतिनिधीसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघ (एनएम)

मनिष झालाई प्रश्न : रास्वपाले संसदीय दलको नेता कहिले चयन गर्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयनका लागि अझै

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र