चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण « Khabarhub

चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो ।

प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो ।

नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो प्रतिमा तामा र पित्तलबाट निर्माण गरिएको हो । नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको प्रतिमासमेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सो प्रतिमा निर्माण गर्न थालिएको हो ।

चिया श्रमिकको सम्मानस्वरूप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ । नेपालमा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाको पहलमा चिया खेती शुरु भएको मान्यता रहिआएको छ ।

विसं १९२० मा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाएर खेती शुरु गरिएको हो । जिल्लालाई चियाको जिल्ला भनेर चिनाउन योगदान दिएबापत सम्मानस्वरूप थापाको प्रतिमा यसअघि नै निर्माण गरिसकिएको छ । चिया खेतीको विस्तारसँगै श्रमिकसमेत सोही समयदेखि सक्रिय रहेको भन्दै श्रमिकको सम्मानस्वरूप प्रतिमा निर्माण गरिनु आजको आवश्यकता बनेकाले निर्माण गरी चोकमा राखिएको पालिका प्रमुख महेश बस्नेतले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  २ : ०५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा