‘हल्ट प्राइज’ प्रतियोगिताको तयारी गर्दै कलेजहरू « Khabarhub

‘हल्ट प्राइज’ प्रतियोगिताको तयारी गर्दै कलेजहरू


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ पिँढीले देश साँच्ने र स्याहार्ने जोशलाई बढावा दिँदै ‘हल्ट प्राइज’ ले हरेक वर्ष विद्यार्थी वर्ग माझ एक मिलियन (दश लाख) अमेरिकी डलरको स्टार्ट अप प्राइज दिँदै आएको छ । यो विश्वभरिका विद्यार्थीहरूका लागि हुने ग्लोबल प्रतियोगिता हो ।

समाजमा व्यापारबाट सकारात्मक सामाजिक प्रभाव (पोजिटिभ सोसल इम्प्याक्ट) बनाउने अभिप्रायले हल्ट इन्टरनेशनल बिजनेस स्कूल र युनाइटेड नेशन फाउन्डेशनले यस प्रतियोगितालाई बढावा दिँदै आएका छन् ।

काठमाडौँस्थित किङ्स कलेजले पनि उक्त प्रतियोगितामा सहभागिताको तयारी गरिरहेको छ । नेपाली विद्यार्थीहरूले प्रतियोगिताको नियमअनुरूप टोली बनाएका छन् । आयोजक कमिटीले सहभागीहरूको आइडियालाई अन्तिम रूप दिने काम गरिरहेका छन् ।

टोलीअनुसार मेन्टरहरूलाई आमन्त्रण गरेर अभिमुखीकरणका विविध कक्षाहरू चलाइएका छन् । व्यापारमा अनुभवी व्यक्तिहरूको अनुभव सुन्दा निकै सहयोग हुने गरेको विद्यार्थीहरूको भनाइ छ । हल्ट प्रतियोगिता विद्यार्थीहरूका लागि विशेष हुने गरेको छ । हरेक श्रेणीमा नयाँ अभ्यास सिक्ने अवसर प्राप्त हुन्छ । विजेता एक भए पनि हार कसैको हुँदैन ।

हल्ट पुरस्कार विभिन्न विश्वविद्यालयका महत्वाकांक्षी सामाजिक उद्यमीहरूको लागि एक ‘स्टार्ट अप’ प्रतियोगिता हो । यो समाज कल्याणको लागि विश्वको सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । विजेता टोली क्षेत्रीय फाइनलको लागि अगाडि बढ्नेछ ।

सर्वश्रेष्ठ स्टार्ट अप एक विजेताले १० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । हल्ट २०२१ को विषय ‘राम्रोको लागि खाद्य’ रहेको छ । संयुक्त राष्ट्र संघको सहयोगमा हल्ट पुरस्कार हरेक वर्ष आयोजना हुने गरेको छ । उद्यमशीलता र ‘राम्रोको लागि खाद्य’ विषयमा किङ्स कलेजमा हल्ट पुरस्कार सहभागीहरूका लागि प्रशिक्षण कक्षाहरू भइरहेका छन् । यो कार्यक्रमलाई किङ्स कलेजले सामाजिक परिवर्तनका लागि जुट्ने अवसर भनेको छ ।

प्रत्येक वर्ष १२१ देशका हजारौँ कलेज र विश्वविद्यालयका विद्यार्थीहरू हल्ट पुरस्कार प्रतियोगितामा सहभागी हुने गरेका छन् । किङ्स कलेजले यसअघि दुई पटक प्रतियोगिता आयोजना गरिसकेको छ । यस वर्षको कार्यक्रम मध्य डिसेम्बरमा हुनेछ ।

विजेता टोली र भाग लिने टोली हल्ट प्राइज फाउन्डेशनद्वारा प्रमाणित हुनेछ । विजेता टोली सीधै क्षेत्रीय सम्मेलनमा सहभागी हुनेछ । क्षेत्रीय शिखर सम्मेलनमा विजेता टोलीले दश लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।

नेपालमा झण्डै ४० वटा कलेजले हल्ट प्रतियोगितामा सहभागिताको तयारी गरिरहेका छन् । नेपालभरिबाट विजेता एउटा टोली क्षेत्रीय प्रतियोगितामा सहभागी हुनेछ । टोलीमा चार जना रहनेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ४६ बजे

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : ओमानसँग कीर्तिपुरमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ

फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ

भैरहवा– सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार अभियुक्तलाई रुपन्देही