२४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु « Khabarhub

२४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

यसअघि विहीबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० थियो ।

पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : १२ बजे

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

काठमाडौं- करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक

टिचिङमा स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा सरोकारवालाबीच छलफल 

काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने

राष्ट्रियसभा सदस्य निर्वाचन : ९५ प्रतिशतभन्दा बढी मतदान

काठमाडौं– राष्ट्रियसभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण

कर्नालमा भएको कार्यक्रममा मौनी रोयमाथि दुर्व्यवहार भएपछि…

काठमाडौं- टेलिभिजन सिरियलबाट बलिउडसम्मको चम्केकी अभिनेत्री मौनी रोयमाथि सार्वजनिक कार्यक्रममै

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो तथा पुम्से प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौं– नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो