काठमाडौं उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित, ५ को मृत्यु  | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित, ५ को मृत्यु 


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ कोरोना संक्रमित थपिएका छन् । जसमा  २३६ महिला र ३०५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तो छ मन्त्रालयको तथ्यांक

नयाँ संक्रमितसहित हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९२ हजार ३०७ पुगेको छ । जसमध्ये ४३५ जनाको मृत्यु भएको छ भने ८७ हजार ३१८ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार २४८ पुगेको छ । जसमा १३१ को मृत्यु भएको छ भने १३ हजार १७३ जना निको भएका छन्।

यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३९५ पुगेको छ । जसमा ९७ जनाको मृत्यु भएको छ भने ७ हजार ९११ जना निको भएका छन्।

मन्त्रालयका अनुसार हाल काठमाडौमा ४ हजार ५५४, ललितपुरम ९४४ र भक्तपुरमा ३७८ जना  सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : ३९ बजे

पहिलो पटक ग्रीन बण्ड निष्कासन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने

औषधीको सहज उपलब्धताको लागि समिति गठन

काठमाडौं– नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका

सन नेपाल लाइफको हकप्रद शेयर आवेदन खुल्यो

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा मंगलबारदेखि आवेदन

‘कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्छ’

काठमाडौं– सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्