डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका « Khabarhub

डेडिकेटेड ट्रंकलाइन बक्यौतामा प्राधिकरणले दियो पुनरावलोकनको मौका


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता रहेका ग्राहकलाई आउँदो जेठ मसान्तसम्म पुनरावलोकन गर्न भन्दै सूचना प्रकाशन गरेको छ ।

 आज सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाईनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता ग्राहकले सो समयभित्र पाँच प्रतिशत नगद वा बैंक ग्यारेन्टी राखेर पुनरावलोकन गर्न भनेको हो ।

‘विद्युत महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेष्ठ मसान्तभित्र ने.वि.प्रा विद्युत वितरण नियमावली, २०७८ को विनियम ५५ को उपविनियम ९२० बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी’ प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिनसक्ने जनाएको छ ।

सो म्याद सञ्चालक समितिको वैशाख २१ गते को बैठकले निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : २४ बजे

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

नेपालगञ्ज– पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ ।