युएनडीपीको सहयोगमा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन « Khabarhub

युएनडीपीको सहयोगमा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउतले नवनिर्मित सर्पदंश उपचारकेन्द्रको आज शुभारम्भ गरेका हुन् ।

२२ शय्याको सो केन्द्र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)को  रु १ करोड २० लाखको लागतमा निर्माण गरिएको हो । साथै सो नगरपालिकाले उपकरणका साथै अन्य व्यवस्थापनमा रु एक करोड खर्च गरेको जनाइएको छ ।

उपचारकेन्द्रको सञ्चालनको व्यवस्थासमेत नगरपालिकाले गरेको नगरप्रमुख योगेन्द्र पंजियारले जानकारी दिए । केन्द्रमा सर्पदंश बिरामीका निःशुल्क उपचार गरिनेछ ।  नेपाली सेनाका चिकित्सक टोलीले उपचार गर्नेछन् ।

सो अवसरमा मुख्यमन्त्री राउतले सर्पदंश उपचारकेन्द्र सञ्चालनमा आएसँगै सर्पदंशको कारण जनताले अकालमा मृत्युवरण गर्न नपर्ने बताए ।

गर्मी र बर्षायामको समयमा सर्पको विगविगी रहेको प्रसङ्ग उल्लेख गर्दै उनले एन्टिभेनम खोप उत्पादनका लागि प्रदेश सरकार अग्रसर रहेको जानकारी दिए ।

सर्पदंश उपचारकेन्द्र सञ्चालक समितिका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरप्रमुख पँजियारले उपचार केन्द्रको सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले गर्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : २० बजे

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक