प्रिमियर लिग फुटबल : लिभरपुलले टोटेनहमलाई हरायो « Khabarhub

प्रिमियर लिग फुटबल : लिभरपुलले टोटेनहमलाई हरायो


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रिमियर लिग फुटबलमा लिभरपुलले अग्रता लिएको छ । गएरातिको खेलमा टोटेनहम हट्सपरलाई पराजित गर्दै लिभरपुलले १६ अंकको अग्रता कायम गरेको हो ।

लिभरपुलले टोटेनहम हट्सपरलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको लेस्टर सिटीसंग १६ अंकको अग्रता लिएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए ।

लिभरपुलले युरोपका शीर्ष पाँच लिग मध्य सबै भन्दा उत्कृष्ट सिजनको सुरुवात गर्ने कीर्तिमान कायम गर्यो । उसले लिगका सुरुवाती २१ खेलमध्य २० खेलमा जित हासिल गर्यो ।

जितसंगै लिभरपुल पछिल्लो ३० बर्षमा पहिलो पटक उपाधि होडमा निकै सहज अवस्थामा आईपुगेको छ ।

घरेलु टोली टोटेनहम मुख्य फरवार्ड ह्यारी केन बिना मैदान उत्रिएको थियो । सल्यक्रियाका कारण उनी लामो समय मैदान बाहिर रहनेछन् ।

सन ह्युङ मिनको स्थानमा आएका जियोवानी लो सेल्सोले दोस्रो हाफका गोलको सुन्दर अवसर गुमाएका थिए । टोटेनहमले सुधारिएको प्रर्दशन गरेपनि शीर्ष स्थानको लिभरपुललाई रोक्न सकेन ।

दोस्रो स्थानको लेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्टनसंग पराजित भएपछि लिभरपुलले तालिकामा ठुलो अग्रता प्राप्त गरेको हो ।

शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । टोटेनहम ३० अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : ५० बजे

सुशील कोइराला क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

बाँके– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा

पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको

डा. यसोदा रिजाललाई दुई महिनाका लागि निलम्बन गर्ने मेडिकल काउन्सिलको निर्णय 

काठमाडौं– अदालतबाट झुटा चिकित्सकीय प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको