छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पुर्‍याएको जानकारी दिइन् ।

उनीले भनिन, ‘छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् । सरकारले थोरबहुत सहयोग गरेर राम्रो गर्‍यो ।’

गतसाउन १३ गते छोरी उनीले छोरी जन्मदिएकी थिइन् । नजिकको वडा कार्यालयले छोरीको नाममा बैँक खाता खोलीदिई ५ सय रुपैयाँ खातामा जम्मा गरिदिएको थियो । ‘हरेक महिना जम्मा हुने पैसाले छोरी पढाउँछु ,’ उनले खुशी हुँदै भनिन् ।

कार्यक्रम कार्यान्वयनमा आएपछि खाता खोल्न आउनेको सङ्ख्या बढ्दो छ । गाउँपालिकाले छोरीको खाता खोल्न आउने आमाका लागि विशेष प्रथामिकता दिएको छ ।

बैँकमा आउने महिलालाई खाता खोल्न सहयोग गर्दै आएको कुमारी बैंक कनकासुन्दरी शाखा प्रबन्धक भीमबहादुर धामीले जानकारी दिए ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रममार्फत् मानव विकास सुचकांङमा पछाडी रहेका कर्णालीलाई माथि उठाउन कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

गरीबी न्यूनीकरण, बालविवाह अन्त्य, शिक्षा पहुँच विस्तारको ध्येय कार्यक्रमले लिएको छ । चालू आर्थिक वर्षको साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बैंकमा खाता हुने र खातामा गाउँपालिकाले पहिलो महिना एक हजार र बाँकी महिनाको ५ सय रुपैयाँका दरले पैसा जम्मा गरिदिने नीति लिएको छ ।

छात्राले माध्यामिक तह उत्तीर्ण गर्नुपर्ने र २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : २४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका