आज कहाँको मौसम कस्तो रहन्छ ? « Khabarhub

आज कहाँको मौसम कस्तो रहन्छ ?


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावले केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको हो ।

विशेष गरी मध्य तथा पश्चिमका तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लागेको छ । पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । आइतबार दिउँसो पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । तर तराईमा भने हुस्सु र कुहिरो रहने छ । राति भने देशभर नै मौसम सफा रहने जनाइएको छ ।

पौष २७ गते (आईतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पौष २८ गते (सोमबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।

रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार)

दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : ०५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको