आज कहाँको मौसम कस्तो रहन्छ ? « Khabarhub

आज कहाँको मौसम कस्तो रहन्छ ?


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएकाले देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उत्पयकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहे पनि तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि स्थानीय वायुको प्रभावले केही क्षेत्रमा आंशिक बदली तथा तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको हो ।

विशेष गरी मध्य तथा पश्चिमका तराई क्षेत्रमा कुहिरो तथा हुस्सु लागेको छ । पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । आइतबार दिउँसो पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । तर तराईमा भने हुस्सु र कुहिरो रहने छ । राति भने देशभर नै मौसम सफा रहने जनाइएको छ ।

पौष २७ गते (आईतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पौष २८ गते (सोमबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुसु/कुहिरो लाग्ने सम्भावना छ।

रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

पौष २९ गते (मंगलबार)

दिउँसो : देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : ०५ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा