प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित « Khabarhub

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा— प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ ।

आइतवार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी बारे निर्णय गरेको हो ।

आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाइयोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावको पक्षमा १०५ मत र हुन्न भन्ने पक्षमा तीन मत परेको छ ।

‘तत्काल कायम रहेको संख्याको दुई तिहाइ रहेकोले दुई तिहाइ बहुमतले  पारित भएको प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय घोषणा गर्दछु’ सभामुख सानुकुमार श्रेष्ठले बैठकमा निर्णय सुनाउँदै भने ।

यसअघि काभ्रेको धुलिखेल प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । साझा र विवेकशील दलका सांसदले काभ्रेको धुलिखेल प्रदेशको राजधानी बनाउन प्रस्ताव पेश गरेका थिए । तर उक्त प्रस्तावको पक्षमा तीन मत मात्र परेको छ ।

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने निर्णय यसअघि सत्तारुढ दल नेकपाको सचिवायल बैठकले निर्णय गरेको थियो भने नेकपाको प्रदेश तीन संसदीय दलले समेत सोही निर्णय गरेको थियो । नेकपाका नेताहरुमै रहेको असन्तुष्टिका माझ प्रदेश नम्बर ३ को केन्द्र हेटौंडा बनाउने निर्णय भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ११ : २२ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी