पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना जारी « Khabarhub

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना जारी


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार एक सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । ‘नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ,’ राष्ट्रपतिद्वारा सन्देशमा भनिएको छ ।

उनले छरिएर रहेका अनेकौँ राज्यहरुलाई एकीकृत गरी सुदुढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकतावोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भएको स्मरण गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ ।’

जनतालाई सर्वोपरी ठान्ने पृथवीनारायण शाहका जीवन्त दृष्टिकोणहरु मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको सन्देशमा उनले उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा ऐतिहासिक यस दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : ०४ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले