प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या « Khabarhub

प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।

बाजुराको स्वामीकार्तिक नगरपालिका घर भएका हवल्दार कठायतले आइतबार बिहानतिर इलाका प्रहरी कार्यालयमै कञ्चटमा पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पामा दरबन्दी भएका हवल्दार कठायत २ महिना अगाडि मात्रै काज सरुवा भएर इलाका प्रहरी कार्यालय दल्ली आइपुगेका थिए ।

सामान्य रुपमै नियमित ड्युटी गरिरहेका हवल्दार कठायतले ड्युटीका समयमा प्रदान गरिने पेस्तोलबाटै कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार हवल्दारले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति नै गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरेम्ब पाण्डे नेतृत्वको टोलीले घटना भएको स्थान (इलाका प्रहरी कार्यालय दल्ली) पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : ४९ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा