न्यू डायमण्ड खुला महिला भलिबलको उपाधि एपीएफलाई | Khabarhub Khabarhub

न्यू डायमण्ड खुला महिला भलिबलको उपाधि एपीएफलाई


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
साविक विजेता समेत रहेको एपीएफले लगातार दोस्रो संस्करणका उपाधि उचालेको हो ।

गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलको पहिलो सेट २५–२० , दोस्रो सेट २५–२३ ले जितेको एपीएफले तेस्रो तथा अन्तिम सेटमा २५–१८ को अंकमा न्यू डायमण्डलाई पराजित गरेको हो ।

उपाधि विजेता एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३७ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार