न्यू डायमण्ड खुला महिला भलिबलको उपाधि एपीएफलाई « Khabarhub

न्यू डायमण्ड खुला महिला भलिबलको उपाधि एपीएफलाई


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
साविक विजेता समेत रहेको एपीएफले लगातार दोस्रो संस्करणका उपाधि उचालेको हो ।

गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलको पहिलो सेट २५–२० , दोस्रो सेट २५–२३ ले जितेको एपीएफले तेस्रो तथा अन्तिम सेटमा २५–१८ को अंकमा न्यू डायमण्डलाई पराजित गरेको हो ।

उपाधि विजेता एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ४ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको