नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर « Khabarhub

नगरपालिकाका वडाध्यक्षविरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दायर


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको रामग्राम नगरपालिका–८ का वडाध्यक्ष गोपाल डिस्वा मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्थानीय सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरेवापत बिना रसिद २ लाख रुपैयाँ (घुस) लिएको अभियोगमा पक्राउ परेका वडाध्यक्ष मगरविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार वडाध्यक्ष मगरले स्थानीय सेवाग्राहीसँग बार्गेनिङ गरी विभिन्न शीर्षकमा घुस रकम माग्ने गरेका थिए ।

अख्तियारले वडाध्यक्ष मगरविरुद्ध २ लाख रुपैयाँ बिगो दावी गर्दै बिगो अनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ५ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै