पूर्वसभामुख महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश « Khabarhub

पूर्वसभामुख महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको छ ।

आतइबारबाट अन्तिम सुनुवाइ शुरु गरेको जिल्ला अदालत काठमाडौंले विशेषज्ञ बुझ्न आदेश दिएसँगै महराकाे मुद्दामा पीडित महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्ने चिकित्सक, घटनास्थलको प्रमाण संकलन गर्ने र परीक्षण गर्ने प्रहरी र अन्य साक्षीहरूले समेत फेरि बकपत्र दिनुपर्ने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले कृष्णबहादुर महराको मुद्दामा विशेषज्ञ बुझ्न आदेश दिएको हो ।

असोजमा १२ गते संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको अभियोग लागेपछि महरा जिल्ला अदालत काठमाडौंको आदेशले हाल डिल्लीबजार कारागार चलान भएका छन् । महरा १९ असोजमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ७ : २१ बजे

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा