नेपाल आउने पर्यटक घटे, सन २०१९ मा ११ लाखले गरे भ्रमण  « Khabarhub

नेपाल आउने पर्यटक घटे, सन २०१९ मा ११ लाखले गरे भ्रमण 


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि नेपाल आउने पर्यटकको संख्या घट्दो क्रममा रहेको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१९ मा ११ लाख ५२ हजार ५ सय ६१ जना विदेशी पर्यटक नेपाल आएका छन् । जुन सन २०१८ को भन्दा कमी हो । सन २०१८ मा  मा ११ लाख ७३ हजार पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

सन २०१९ मा यूरोपेली देशबाट नेपाल आउने पर्यटक घेटेको विभागको तथ्यांकले देखाएको हो । तर, छिमेकी मुलुक भारत र चीनबाट भने पर्यटकहरु अघिल्लो वर्षको तुलनामा केही बढी भित्रिएका छन् ।

अमेरिका, बेलायत जर्मनी लगायतका देशबाट पनि केही बढी मात्रामा पर्यटकहरु नेपाल भित्रिएका छन् ।

भारतबाट सवैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन २०१९ मा भारतबाट नेपाल आउने पर्यटकको संख्या २ लाख ९ हजार रहेको छ भने सन् २०१८ मा भारतबाट २ लाख पर्यटक नेपाल आएका थिए ।

चीनबाट २०१८ मा १ लाख ५३ हजार पर्यटक आएकोमा सन २०१९ मा १ लाख ६९ हजार पर्यटक नेपाल भित्रिएका छन् । यस्तै अमेरिकी पर्यटक २ हजारले बढेर ९३ हजार पुगेका छन् ।

श्रीलंकाबाट आउने पर्यटकको संख्या १५ हजार भन्दा धेरैले घटेको छ । श्रीलंकाबाट सन् २०१८ मा ७० हजार ६ सय पर्यटक नेपाल आएकोमा सन् २०१९ मा ५५ हजार ८ सय ६९ पर्यटक मात्रै नेपाल आएका छन् ।

यस्तै बेलायतबाट आउने पर्यटक पनि घटेका छन् । सन् २०१८ मा ६३ हजार पर्यटक आएकोमा अहिले ६१ हजार पर्यटक आएका छन् । यस्तै सन् २०१८ मा फ्रान्सबाट ३१ हजार पर्यटक आएकोमा सन् २०१९ मा ३० हजार ६ सय पर्यटक आएका छन् ।

यस्तै गएको वर्ष जर्मनबाट ३६ हजार, थाइल्याण्डबाट ४१ हजार, अष्ट्रेलियाबाट ३८ हजार, बंगलादेशबाट २५ हजार, म्यानमारबाट ३६ हजार, मलेसियाबाट २१ हजार, जापानबाट ३० हजार, कोरियाबाट २९ हजार पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : २२ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका