जिल्ला न्यायाधीशहरुको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

जिल्ला न्यायाधीशहरुको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले गत मङ्सिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा कानून विपरीत सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ ।

रिट निवेदनमा नेपालको संविधानले न्याय सेवामा कार्यरक्त कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपरेमा उक्त आधारको कुनै मूल्याङ्कन नै नगरी स्वेच्छा चारी र हचुवाको किसिमले नियुक्त गरेको उल्लेख छ ।

न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्याङ्कन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ४५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न