सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ « Khabarhub

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम हुन सबैलाई आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले जनताको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर राज्यसँग जवाफ माग्ने बताएका हुन् ।

उनले अहिले राज्यको मात्रै नभई सबैको जिम्मेवारी रहेको पनि बताए ।

‘सुनसरीको घटनाबारे ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? राज्यलाई हाम्रो प्रश्न छ । हामी उत्तर खोजेरै छाड्छौँ । यो बेलामा हाम्रो पनि केही जिम्मेवारी छ । यो बेलामा अफवाह हैन उत्तेजना हैन प्रतिशोध हैन संयमता चाहिएको छ,’ उनले भने, ‘विविधतामा एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, हामीहरूबीचको बन्धुत्व यो नेपाली समाजको आत्मा हो । हाम्रो प्राण हो, हाम्रो पहिचान हो । नेपाली भएर बाँच्न सिकाएको छ । यो कठिन परिस्थितिमा यसलाई हामीले मन्त्रको रुपमा सम्झिनुपर्नेछ ।’

उनले सबैले यही चेतनाका साथ काम गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले आफ्ना नेता कार्यकर्तालाई
समाजमा सद्भाव राख्नका निम्ति, धार्मिक सहिष्णु राख्नका लागि अपिल गरेका छन् । त्यस्तै उनले यसबेलामा गम्भीर भएर सोच्न भन्दै हिंसा तथा उत्तेजनाबाट गल्ती नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि अहिले कर्फ्यु आदेश जारी छ । सोमबार त्यहाँ प्रहरीको गोली लागेर एक युवकको ज्यान गएपछि विवाद झन बढेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ९ : ५४ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले