जागिरको प्रलोभन देखाएर युवतीसँग १ लाख ८० हजार  ठगेपछि… « Khabarhub

जागिरको प्रलोभन देखाएर युवतीसँग १ लाख ८० हजार  ठगेपछि…


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई  पक्राउ गरेको छ ।

डोटीको साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

गौरीगंगा–७ की रत्ना बोहोरा (धामी) समेतका २०/२१ जनालाई भेला गरी आफू युएनडीपीको कर्मचारी रहेको र कम्प्युटर, ब्युटिपार्लर, सिलाइकटाइको काम गर्ने तालिम दिने भन्दै अनलाइन फाराम भर्न लगाइ विभिन्न बहाना गरी धनगढीस्थित खाद्य संस्थानमा नासुको जागिर लगाइ दिने भनी रु एक लाख, असी हजार १७० ठगी गर्ने कोलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : १४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु