दाङ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् ।
सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् ।
चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । प्रहरीले घटनास्थलबाट विप्लव समूहको ब्यानर समेत बरामद गरेको छ ।
प्रतिक्रिया