मन्दिरको दर्शन वैज्ञानिक रुपमा पनि लाभदायिक, थाहा पाउनुहोस २५ फाइदा | Khabarhub Khabarhub

मन्दिरको दर्शन वैज्ञानिक रुपमा पनि लाभदायिक, थाहा पाउनुहोस २५ फाइदा


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, भगवानको प्रार्थनामा अद्भुत शक्ति हुन्छ । यदि प्रार्थना सच्चा, निष्कपट एवं सकारात्मक छ भने भगवानले नै त्यसलाई पुरा गर्दछन् । तसर्थ हामी भगवानको उपासन वा प्राथना गर्दछौ ।

यसका लागी घरमा नै भएको पुजाकोठा वा भगवानको प्रतिमा सम्मुख नभए मन्दिरमा गई पुजाअर्चना गर्दछौ । मन्दिर जानु एक आस्था पनि हो । तर मन्दिर धाउँदा, पूजाआजा गर्दा केवल भगवानको उपासना वा इच्छित वर मात्र प्राप्त हुदैन यसले हामीलाई विभिन्न वैज्ञानिक लाभ पनि दिन्छ ।

पूजाआजा एक प्रकारको रासायनिक क्रिया हो । यसबाट मन्दिरको भित्री वातावरणको पीएच भ्यालु कम हुन्छ, जसले मानिसको पीएच भ्यालुमा असर पार्दछ । यो आयोनिक क्रिया हो जसले शारीरिक रसायनलाई बदलिदिन्छ ।

यो क्रियाले अनेकौं प्रकारको रोगलाई समेत ठीक बनाउँछ । यो क्रिया औषधि खुवाएर पनि गराउन सकिन्छ, मन्दिर जानाले यो स्वतः हुन्छ । यसका साथै मन्दिर जादाँ अन्य २५ लाभहरु प्राप्त हुने गर्दछन् ।

१. नियमित मन्दिर आउजाउ गर्नाले शरीर स्फुर्त हुनुका साथै रोगको भय कम हुन्छ ।
२. मन्दिरमा बज्ने घन्टले मानिसको मन एवं मस्तिष्कलाई हिलिङ गर्दछ ।
३. मन्दिर जानेहरुको मन मस्तिष्कमा सकारात्मक ऊर्जाको सञ्चार हुने गर्दछ ।
४. मन्दिरको वातावरणमा घुलमिल हुदाँ शारीरिक एवं आत्मिक शान्ति प्राप्त हुन्छ ।
५. प्रतिदिन मन्दिर गएर निधारमा टीका लगाउँदा शक्ति बढेको महशुस हुन्छ ।
६. चञ्चलता एवम् एकाग्रता नभएको बेला आध्यात्मिक लाभ लिएमा यो नियन्त्रण हुन्छ ।
७. प्रतिदिन मन्दिर जानेहरुमा आइपर्ने दुर्घटना, हत्या वा आत्महत्याको भय रहदैन ।
८. मन्दिर जाने व्यक्तिको मनमा सकारात्मकता एवं आध्यात्मिक विचार बढ्ने गर्दछ ।
९. मन्दिर जादाँ भूतप्रेत लगायतका नकारात्मक ऊर्जाको कम भई जीवन भयमुक्त बन्दछ ।
१०. मन्दिर जानेहरुलाई कुनै पनि प्रकारको ग्रह एवं नक्षत्रको नकारात्मक असर पर्दैन ।
११. साढेसाती शनिदशा, मंगल दोष, राहुको महादशा जस्ता कुनै पनि दशाले असर गर्दैन ।
१२. मन्दिर जाने मानिसलाई कुनै पनि प्रकारको रोग तथा बिरामी हुन्छु भन्ने डर रहँदैन ।
१३. मानिसमा विश्वास एवं आत्मबलको सञ्चार भई कुनै शोकसुर्ताले सताउँन सक्दैन ।
१४. मन्दिर जाने मानिसमा सही र गलत छुट्याउन सक्ने क्षमताको विकास हुन्छ ।
१५. मन्दिर जाने व्यक्तिलाई कुनै पनि शत्रुले गरेको तन्त्र, मन्त्र, मोहनी विद्याले छुँदैन ।
१६. प्रतिदिन मन्दिर गए जीवनमा आर्थिक संकट आउने वा ऋणमा डुब्ने खतरा हुदैन ।
१७. नियमित मन्दिर जाने मानिसको मन सदा प्रसन्न एवं तनाव रहित रहने गर्दछ ।
१८. नांगो खुट्टाले मन्दिर जादाँ पैतालामा चाप पर्न गई रक्तचाप सन्तुलित हुने गर्दछ ।
१९. मन्दिरमा प्रवेश गर्नुअघि नुहाउँदा र आचमन गर्दा शरीर तथा मन शुद्ध हुन्छ ।
२०. मन्दिरमा हात जोडेर उभिदाँ फोक्सो तथा मुटुलाई फाइदा पुग्दछ ।
२१. मन्दिरको वातावरणमा रम्नेहरुमा रोगप्रतिरोधक शक्तिको विकास हुन्छ ।
२२. मन्दिरको वातावरण सुगन्धित हुने भएकाले मन तथा मस्तिष्कमा शान्ति प्राप्त हुन्छ ।
२३. धूप र कपूरको गन्धले कतिपय भाइरल इन्फेक्सनका व्याक्टेरिया नष्ट हुन्छन् ।
२४. हरेक दिन मन्दिर जाने व्यक्तिमा तनाव, चिन्ता, अवसाद एवं मानसिक रोग हुँदैन ।
२५. मन्दिरमा नियमपूर्वक प्रार्थना गर्नेहरुमा अनुशासन एवम् मर्यादाको गुण बढ्ने गर्दछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ७ : ४५ बजे

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका