नेकपाको एमसीसी कार्यदलको म्याद आज सकिँदै, पुनः म्याद थपिने संभावना न्यून | Khabarhub Khabarhub

नेकपाको एमसीसी कार्यदलको म्याद आज सकिँदै, पुनः म्याद थपिने संभावना न्यून


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी अनुदानअन्तर्गत मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौताबारे अध्ययन गर्न बनेको कार्यदलको समयसीमा आज (बुधबार) सकिँदैछ ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदललाई १० दिनको समयसीमा तोकिएको थियो ।

कार्यदलका सदस्यहरुले भने यो १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग थप १० दिन समय माग्ने तयारी भएको जनाएका छन् ।

कार्यदलको मंगलबार बसेको बैठकले प्रतिवेदन तयार पार्न थप समय माग्ने निर्णय गरेको थियो । अध्ययन सामग्री जुटाएर अध्ययन गर्न समय लागेको र प्रतिवेदन लेखनका लागि समय माग्ने निर्णय गरिएको जनाइएको छ ।

म्याद नथप्ने ‘मुड’मा ओली

कार्यदलले थप समय माग्ने निर्णय गरेपनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यदलको म्याद थप्ने मुडमा छैनन् । ओलीले सोझै संसदमा प्रस्ताव लैजाने तयारी थालेका छन् ।

एमसीसी संसदबाट अनुमोदन नभइ कार्यान्वयन नहुने र यसको समयावधि गुज्रदै गएका कारण सोझै संसदमा प्रस्ताव लैजाने सोचमा प्रधानमन्त्री ओली पुगेका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही हप्ता सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीको प्रस्ताव टेबुल गर्न आग्रह गर्ने सम्भावना रहेको छ ।

एमसीसीको विषय यही फेब्रुअरीभित्र संसदबाट अनुमोदन नभए फिर्ता हुने भएकाले पनि अनुमोदनका लागि प्रधानमन्त्री ओली आफैं सक्रिय भएका हुन् ।

एमसीसीको अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड भए हुबहु पारित गर्ने र नभए खारेज हुने भएकाले थप छलफलका लागि आवश्यक नरहेकोले ओली कार्यदलको म्याद नथपि संसदबाट अनुमोदन गराउने तयारीमा पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले पनि कार्यदललाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने भन्दै कार्यदलले निर्धारित समयमा तोकिएका विषय अध्ययन गरेर प्रतिवेदन नबुझाए कार्यदल नै जिम्मेवारी पूरा नगरेको ठहर हुने जनाएको छ ।

एमसीसी अध्ययनका लागि गठन गरिएको कार्यदलका नेकपा बरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ३६ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज