म्याद थपका लागि आग्रह गर्न छलफल गर्दै कार्यदल « Khabarhub

म्याद थपका लागि आग्रह गर्न छलफल गर्दै कार्यदल


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको समससीमा आज (बुधबार) सकिँदैछ ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलले १० दिनको समयसीमा पाएको थियो ।

यो १० दिनको अवधिमा अध्ययनका लागि समय लागेको र प्रतिवेदन तयार पार्न समय नपुगेको भन्दै नेतृत्वसँग थप समय माग्ने तयारी गरेको छ । यस विषयमा अहिले छलफल भइरहेको कार्यदलका संयोजक झलनाथ खनालले खबरहबलाई जानकारी दिए ।

अध्ययन सामग्री जुटाए अध्ययन गर्न समय लागेको र प्रतिवेदन लेखनका लागि समय चाहिने भएकाले थप समय माग्ने विषयमा अहिले छलफल भइरहेको खनालले बताए ।

कति समय माग्ने भन्ने विषयमा भने कार्यदल टुंगोमा पुगेको छैन् । यसअघि मंगलबार बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पार्न थप समय माग्ने निर्णय गरेको थियो ।

म्याद नथप्ने ‘मुड’मा ओली
कार्यदलले थप समय मागेपनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने कार्यदलको म्याद थप्ने मुडमा छैनन् । ओलीले सोझै संसदमा प्रस्ताव लैजाने तयारी थालेका छन् ।

एमसीसी संसदबाट अनुमोदन नभई कार्यान्वयन नहुने र यसको समयावधि गुज्रदै गएका कारण सोझै संसदमा प्रस्ताव लैजाने सोचमा प्रधानमन्त्री ओली पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही हप्ता सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीको प्रस्ताव टेबुल गर्न आग्रह गर्ने सम्भावना रहेको छ ।

एमसीसीको विषय यही फेब्रुअरीभित्र संसदबाट अनुमोदन नभए फिर्ता हुने भएकाले पनि अनुमोदनका लागि प्रधानमन्त्री ओली आफैं सक्रिय भएका हुन् ।

एमसीसीको अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड भए हुबहु पारित गर्ने र नभए खारेज हुने भएकाले थप छलफलका लागि आवश्यक नरहेकोले ओली कार्यदलको म्याद नथपि संसदबाट अनुमोदन गराउने तयारीमा पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले पनि कार्यदललाई दिएको जिम्मेवारी समयमै पूरा गर्नुपर्ने भन्दै कार्यदलले निर्धारित समयमा तोकिएका विषय अध्ययन गरेर प्रतिवेदन नबुझाए कार्यदल नै जिम्मेवारी पूरा नगरेको ठहर हुने जनाएको छ ।

एमसीसी अध्ययनका लागि गठन गरिएको कार्यदलका नेकपा बरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ३६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील