'भ्यालेनटाइन डे'मा अनिल सिंहको विशेष प्रस्तुति | Khabarhub Khabarhub

‘भ्यालेनटाइन डे’मा अनिल सिंहको विशेष प्रस्तुति


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २ अर्थात् प्रणय दिवसको अवसर पारेर पपगायक अनिल सिंहले विशेष प्रस्तुति दिने भएका छन् । उनले राजधानीको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

अनिल सिंहले ब्याण्डकै संगीतकर्मीहरुका साथमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।

‘भ्यालेन्टाइन्स स्पेशल : फिचरिङ अनिल सिंह’ भनिएको यो इभेन्टका लागि अनिल सिंहले तयारी गरिरहेका छन् । यही शुक्रवार राति ८ बजेपछि प्रारम्भ गायक सिंहको प्रस्तुति रहनेछ । कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

यस्तै कार्यक्रममा गायिका सोना अमात्यले पनि सिंहलाई गायनमा साथ दिनेछिन् ।

लिक्यूइड ब्याण्डमा सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमर) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ४१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका