तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक व्यस्त « Khabarhub

तातोपानी कुण्डको अनुसन्धानमा जापानी नागरिक व्यस्त


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् ।

दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त छन् ।

“सबै तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो, यहाँको तातोपानीले मलाई जापान फर्किनबाट रोक्यो”, आवामुराले भने । परियोजनाको काम सकेपछि फर्किने तयारीमा रहेका आवामुराले तातोपानीमा उपचार गराइरहेका बिरामीले निको भएको बताएपछि यहाँका तातोपानी कुण्डहरुलाई जापानीमाझ चिनाउने बताए । उनले भने, “मेरी श्रीमती पनि पत्रकार हुन्, यस कार्यमा उनले पनि मलाई सघाइरहेकी छन् ।”

म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको ‘प्रोफाइल’ बनाएर विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आउने वातावरण बनाइरहेको आवामुराले बताए । “म्याग्दी तातोपानीका कुण्डैकुण्ड भएको सुन्दर जिल्ला हो, प्राकृतिकरूपमा नुनिलो स्वादको तातोपानी निस्कने मुहानलाई चिनाउने प्रयासमा छु”, उनले भने ।

कृत्रिम तातोपानीमा नुहाउनेहरूलाई पहाडबाट निस्किएको प्राकृतिक तातोपानीले आकर्षित गर्ने उनको भनाइ थियो । तातोपानी कुण्ड जाने नक्सा, तातोपानीको महत्व तथा आसपासमा रहेका होटल, जैविक तरकारीलगायतका महत्वलाई समेटेर प्रचार साम्रगी तयार पारेका आवामुरा तातोपानी कुण्डलाई मात्रै प्रचार गरे पनि म्याग्दीमा बर्सेनि हजारौँ विदेशी पर्यटक ल्याउन सकिने बताए ।

“तातोपानी कुण्ड पर्यटकलाई हिराजस्तै हो, पूर्वाधार र राम्रो होटल बनाउनुपर्छ”, आवामुराले भने । उनले कुण्डको साम्रगी अङ्ग्रेजी र जापानी भाषामा तयार गरिरहेको बताए । जिल्लाभर धेरै तातोपानीको मुहान भए पनि आठ ओटाको प्रचारप्रसार साम्रगी बनाइरहेको उनले बताए ।

बेनी नगरपालिका–४ सिङ्गा र धवलागिरि गाउँपालिका–४ मुदीको बगरको तातोपानीले आफूलाई आकर्षित गरेको उनको भनाइ थियो । सिङ्गा तातोपानी बिरामीको उपचार र बगरको पर्यटकलाई केन्द्रित गर्न सकिने भए पनि जिल्लाभित्रका आठ स्थानमा रहेको कुण्डमा पूर्वाधारको कमी महसुस गरेको उनले जानकारी दिए । उनले पहिलो चरणमा एशियाली मुलुक हुँदै विश्वभर तातोपानी कुण्डको सन्देश पुर्‍याउने आफ्नो चाहना रहेको बताए ।

हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेकोजस्ता स्वास्थ्य समस्या निको हुने सन्देशले विदेशीलाई लामो समयसम्म स्नान गर्न आउन सहज हुने उनको भनाइ थियो । “हिमालको काखमा तातोपानी कुण्ड विश्वभरका पर्यटकलाई नौलो हो, यहाँ हिरालाई पनि ढुङ्गाभन्दा कम महत्व दिइएको जस्तै लाग्छ”, उनले भने ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : ४४ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका