यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न ब्राजिल सरकारको आग्रह « Khabarhub

यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न ब्राजिल सरकारको आग्रह


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलले किशोर किशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ । किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको बीबीसीले जनाएको छ ।

महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य सङ्गठनहरूले भने आलोचना गरेका छन् ।

मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इशाई नेता हुन् जसमाथि नागरिकमा धार्मिक एजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ ।

गतवर्ष उनले भनेकी थिइन्: “आनन्दका लागि मात्र यौन खोज्नेहरूको कडा अभियान हामीले देखिरहेका छौँ।” उनले किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी’ तरिका भनेको ‘कन्डम, उपकरण र गर्भनिरोधक चक्की’ नभई यौनबाट अलग रहनु नै रहेको बताएकी थिइन्।

ब्राजिलको सरकारी तथ्याङ्क अनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो।

तर त्यो अझै पनि अन्य ल्याटिन अमेरिकी देशमा जस्तै उच्च नै छ।

पन्ध्रदेखि १९ वर्षमा हुने गर्भधारण दर प्रति एकलाखमा ६२ छ जसको विश्वव्यापी औसत ४४ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ।

त्यस समूहको सबैभन्दा उच्च गर्भधारण दर भने पश्चिम र मध्य अफ्रिकामा छ।

ब्राजिलको सरकारी नाराले नै ‘सबथोक सही समयमा’ भन्छ र त्यसलाई स्थानीय भाषामा ह्यासट्यागसाथ सामाजिक सञ्जालमा प्रचार गरिएको छ।

मन्त्री एल्भिसले किशोरावस्थाको गर्भधारण र यौनरोगविरुद्ध काम गर्नका लागि उक्त अभियानलाई नयाँ प्रयास बताएकी छन्।

यसले किशोरकिशोरीहरूलाई यौन सम्पर्क राख्नु अगाडि सोच्न बाध्य पार्ने उनको भनाइ छ।

सरकारले यसलाई बाध्यकारी वा नैतिक बहसको बिषय भने नबनाउने जनाएको छ।

राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए।

तर स्वास्थ्य सङ्गठनहरूले यो कार्यक्रमको चर्को आलोचना गर्दै यो प्रभावकारी हुने कुनै वैज्ञानिक आधार नरहेको बताएका छन्।

स्वास्थ्यस्याहारसम्बन्धी एक सङ्गठनले विज्ञप्तिमा भनेको छ: “यस बिषयको (वैज्ञानिक रूपबाट) पुष्टि हुने एकमात्र उपाय भनेको किशोरकिशोरीहरूलाई पर्याप्त यौन शिक्षा र स्वास्थ्य सेवामा पहुँच दिनु हो।”

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार विद्यालयभित्र र बाहिर दिइने यौन शिक्षाले ‘यौन क्रियाकलापहरू, त्यसको जोखिम वा यौनरोग एवम् एचआईभीको सङ्क्रमण दर बढाउँदैन।’

डब्लुएचओले भनेको छ: “यौनबाट अलग राख्न प्रोत्साहन गरिने कार्यक्रमहरूले ढिलो यौन उत्साह सिर्जना गर्न, यौन सम्पर्क दर घटाउन वा यौनसाथी कम गर्न प्रभावकारी भूमिका खेल्दैनन्।”

“कन्डम र गर्भनिरोधकसम्बन्धी ज्ञानको साथ यौन गतिविधि ढिलो गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू प्रभावकारी हुन्छन्।”

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार