प्रहरीको माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भयो– गृहसचिव न्यौपाने « Khabarhub

प्रहरीको माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भयो– गृहसचिव न्यौपाने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा बुधवार आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उहाँलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरे

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

सचिव न्यौपानेले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी छ भन्नुभयो । “माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ”, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भने ।

प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए ।

हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौती : नवनियुक्त महानिरीक्षक ज्ञवाली

उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताए ।

मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो ।

संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १२ : ५१ बजे

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच