न्यू ह्याम्पसायर प्राइमरीमा बर्नी स्याण्डर्सको जीत « Khabarhub

न्यू ह्याम्पसायर प्राइमरीमा बर्नी स्याण्डर्सको जीत


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यू ह्याम्पसायर– आसन्न राष्ट्रपतीय निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न डेमोक्र्याटिक पार्टीले न्यू ह्याम्पसायर राज्यमा गरेको प्राइमरी निर्वाचनमा भर्मन्ट राज्यका सिनेटर बर्नी स्याण्डर्स विजयी भएका छन् ।

अमेरिकी सञ्चारमाध्यमले सार्वजनिक गरेको नतिजाअनुसार स्याण्डर्सले २६ प्रतिशत मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका इण्डियाना राज्य साउथ बेण्ड शहरका पूर्व मेयर पिट बुटेजेजले २४ प्रतिशत मत पाउने अनुमान गरिएको छ ।

उदारवादी सिनेटर एमी क्लोबचार २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा सीमित भइन् ।

बाइडनलाई न्यु ह्याम्पसायरबाट पर्याप्त मत प्राप्त नहुने पहिल्यै अनुमान गरिएको थियो । आयोवामा पनि उनको हालत यस्तै थियो । पूर्व उपराष्ट्रपति बाइडनका लागि ८ प्रतिशतको हाराहारीमा मात्र मत प्राप्त हुनु निकै निराशाजनक स्थिति रहेको अमेरिकी सञ्चारमाध्यमको विश्लेषण छ ।

पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी टेलिभिजन सञ्जाल एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्याण्डर्सले समर्थकलाई सम्बोधन गर्दै न्यू ह्याम्पसायरका जनतालाई जितका लागि धन्यवाद दिन चाहेको बताए ।

‘यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो’ जीतपछिको सम्बोधनमा प्रगतिशील धारका सिनेटर स्याण्डर्सले भने । अब अमेरिकामा न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारलाई कसैले रोक्न नसक्ने स्याण्डर्सको भनाइ छ ।

यही राज्यमा स्याण्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए ।

७८ वर्षीय स्याण्डर्सले न्यु ह्याम्पसायरको प्राथमिक चुनाव जित्ने पहिल्यै अड्कलबाजी गरिएको थियो, तर बुटेजेजले यति कडा चुनौती देलान् भन्ने अनुमान गरिएको थिएन । बुटेजेजको चुनावी अभियान दलका सदस्यहरु न्यु ह्याम्पसायरको नतिजाबाट निकै उत्साहित भएका छन् । यसअघि आयोवामा भएको ककसमा उनले झिनो मतान्तरमा स्याण्डर्सलाई पराजित गरेका थिए ।

न्यू ह्याम्पसायर प्राइमरीसँगै प्रविधि उद्यमी एन्ड्र्यू याङ र कोलोराडोका सिनेटरका माइकल बेनेटले राष्ट्रपतिको दौड परित्याग गरेको घोषणा गरेका छन् । ‘म गणितको विद्यार्थी हुँ, र ह्याम्पसायरको मतसंख्याबाट यो स्पष्ट छ कि हामी यो दौड जित्न सक्दैनौं,’ याङको भनाइ छ ।

अब आगामी फेब्रुअरी २२ का दिन नेभादा राज्यमा डेमोक्र्याटिक पार्टीको ककस हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : ३१ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश