१ घण्टा ३९ मिनेटमा सकिएको एकदिवसीय खेल ! | Khabarhub Khabarhub

१ घण्टा ३९ मिनेटमा सकिएको एकदिवसीय खेल !



काठमाडौं– ५० ओभरको खेल सकिन कति समय लाग्ला ? अनुमान लगाउनुस् त ! तपाईको जवाफ हुन सक्छ ८ देखि ९ घण्टा । हो, एकदिवसीय खेल खेल्न त्यति समय लाग्छ नै । तर, बुधबार आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल अनुमान गरेको भन्दा छिटो सकियो ।

उक्त खेल एक घण्टा ३९ मिनेटमा सकियो । अमेरिकी पत्रकार पिटर डेला पेनाले नेपाल र अमेरिकाबीचको खेल १ घण्टा ३९ मिनेटमा सकिएको सार्वजनिक गरेका छन् ।

कसरी सकियो त एकदिवसिय खेल १ घण्टा ३९ मिनेटमा ?

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपालले टस जितेपछि पाहुना टोलीलाई ब्याटिङका लागि निम्तो दियो । पहिलो ब्याटिङ गरेको अमेरिकाका लागि ओपनिङ ब्याटिङमा आए जेभिएर मार्सल र इआन होल्यान्डले । अमेरिकाविरुद्ध नेपालका करण केसीले ओपनिङ बलिङ गरे । जसमा अमेरिकाले पहिलो ओभरमा रन बटुल्न सकेन ।

दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा होल्यान्डलाई पारस खड्काबाट क्याच आउट पारे ।

दुई ओभर खेलेको अमेरिकाले रनमा खाता खोल्न नसक्दै पहिलो विकेट गुमायो । तर, ओपनर मार्सलले १६ रन बनाएर खेलिरहँदा सातौं ओभर बलिङ गर्न आएका सुशन भारीले उनलाई पारस खड्काबाटै क्याच गराए ।

दोस्रो ओभर गुमाउँदा अमेरिकाले ७.१ ओभरमा २३ रनमा खेलिरहेको थियो ।

तर, आठौं ओभरमा आफ्नो चौथो ओभर बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमा मोनाङ्क पटेललाई र पाँचौ बलमा निसर्ग पटेललाई पवेलियन फर्काए ।

आठ ओभ सकिँदा अमेरिकाले ४ विकेट गुमाउँदा २९ रन बनाएको थियो । त्यसपछि उसले लगातार विकेट पतन हुन थाल्यो र अन्तिममा बचेका चार विकेट ११ औं ओभरमा सुशनले २ तथा १२ औं ओभरमा सन्दीपले २ विकेट लिएपछि अमेरिका ३५ रनमा अल आउट हुन पुग्यो ।

जुन २००४ मा श्रीलंकालाई जिम्मबाबेले दिएको एकदिवसिय क्रिकेटमा सबैभन्दा सानो लक्ष्यको बराबरी थियो ।

यसक्रमा अमेरिकालाई रोक्न सन्दीपले आफ्नो करियरकै उत्कृष्ट बलिङ गरे । जसमा उनले ६ ओभरमा एक मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए । यस्तै सुशनले ३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिएका थिए ।

३६ रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट हुँदा डगमगाएको नेपालका लागि पारस खड्का र दिपेन्द्रसिंह ऐरीले ७ बाउण्ड्रीमा नेपाललाई जित दिलाए ।

जसमा खड्काले ३ चौका र एक छक्का प्रहार गरे भने ऐरीले २ चौका र एक छक्का प्रहार गरे । ७२ बलको सामना गर्दै अमेरिकाले दिएको उक्त लक्ष्य नेपालले मात्रै ३२ बल खर्च गर्यो ।

४० ओभरसम्ममा अल आउट गर्ने लक्ष्य थियो

विश्व किर्तिमनसँग बराबरी भएको सानो लक्ष्यमाथि आठ विकेटको जीत हात पारेको नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध शुरुमै राम्रो बलिङ गर्ने लक्ष्य बनाएको बताए ।

त्यसोत, उनले आजको खेलमा करण केसी बाहेक सबै बलर स्पिनर खेलाएका थिए । तर, सन्दीप र सुशनले नै खेल सकाएपछि उनले आफुले मैदान प्रवेश गर्दा कम्तीमा पनि ४० ओभरमा अल आउट गर्ने लक्ष्यसहित गएको बताए ।

‘अमेरिका राम्रो टोली हो । हामीले उसलाई ४० ओभरसम्म अल आउट गर्ने लक्ष्य बनाएका थियौ. । यति छिटो खेल सकिन्छ भन्ने अनुमान पनि थिएन,’ मल्लले खेल पछि भने ।

यता, सबैभन्दा कम रनको योगफल दिएको अमेरिकाका कप्तानले आफू खेलबाट सन्तुष्ट नरहेको बताए । ‘म यस खेलमा डिसअपोइन्ट छु । पिचले साथ दिएन । नेपालको स्पिनरले राम्रो गरे,’ अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करले भने ।

अमेरिकामाथि जीत हात पार्दै घरेलु मैदानमा भएको शृङ्खला सुखद् अन्त्य गरेको नेपालले आफ्नो ४ खेलमा दुईमा जीत र दुईमा हार व्येहोर्यो । ओमानले सिरिज क्लिन स्विप गर्दा अमेरिका भने नेपालमा खुसी हुन सकेन ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : ४५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार