१ घण्टा ३९ मिनेटमा सकिएको एकदिवसीय खेल ! « Khabarhub

१ घण्टा ३९ मिनेटमा सकिएको एकदिवसीय खेल !



काठमाडौं– ५० ओभरको खेल सकिन कति समय लाग्ला ? अनुमान लगाउनुस् त ! तपाईको जवाफ हुन सक्छ ८ देखि ९ घण्टा । हो, एकदिवसीय खेल खेल्न त्यति समय लाग्छ नै । तर, बुधबार आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल अनुमान गरेको भन्दा छिटो सकियो ।

उक्त खेल एक घण्टा ३९ मिनेटमा सकियो । अमेरिकी पत्रकार पिटर डेला पेनाले नेपाल र अमेरिकाबीचको खेल १ घण्टा ३९ मिनेटमा सकिएको सार्वजनिक गरेका छन् ।

कसरी सकियो त एकदिवसिय खेल १ घण्टा ३९ मिनेटमा ?

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेपालले टस जितेपछि पाहुना टोलीलाई ब्याटिङका लागि निम्तो दियो । पहिलो ब्याटिङ गरेको अमेरिकाका लागि ओपनिङ ब्याटिङमा आए जेभिएर मार्सल र इआन होल्यान्डले । अमेरिकाविरुद्ध नेपालका करण केसीले ओपनिङ बलिङ गरे । जसमा अमेरिकाले पहिलो ओभरमा रन बटुल्न सकेन ।

दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा होल्यान्डलाई पारस खड्काबाट क्याच आउट पारे ।

दुई ओभर खेलेको अमेरिकाले रनमा खाता खोल्न नसक्दै पहिलो विकेट गुमायो । तर, ओपनर मार्सलले १६ रन बनाएर खेलिरहँदा सातौं ओभर बलिङ गर्न आएका सुशन भारीले उनलाई पारस खड्काबाटै क्याच गराए ।

दोस्रो ओभर गुमाउँदा अमेरिकाले ७.१ ओभरमा २३ रनमा खेलिरहेको थियो ।

तर, आठौं ओभरमा आफ्नो चौथो ओभर बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमा मोनाङ्क पटेललाई र पाँचौ बलमा निसर्ग पटेललाई पवेलियन फर्काए ।

आठ ओभ सकिँदा अमेरिकाले ४ विकेट गुमाउँदा २९ रन बनाएको थियो । त्यसपछि उसले लगातार विकेट पतन हुन थाल्यो र अन्तिममा बचेका चार विकेट ११ औं ओभरमा सुशनले २ तथा १२ औं ओभरमा सन्दीपले २ विकेट लिएपछि अमेरिका ३५ रनमा अल आउट हुन पुग्यो ।

जुन २००४ मा श्रीलंकालाई जिम्मबाबेले दिएको एकदिवसिय क्रिकेटमा सबैभन्दा सानो लक्ष्यको बराबरी थियो ।

यसक्रमा अमेरिकालाई रोक्न सन्दीपले आफ्नो करियरकै उत्कृष्ट बलिङ गरे । जसमा उनले ६ ओभरमा एक मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए । यस्तै सुशनले ३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिएका थिए ।

३६ रनको झिनो लक्ष्य लिएर मैदान प्रवेश गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट हुँदा डगमगाएको नेपालका लागि पारस खड्का र दिपेन्द्रसिंह ऐरीले ७ बाउण्ड्रीमा नेपाललाई जित दिलाए ।

जसमा खड्काले ३ चौका र एक छक्का प्रहार गरे भने ऐरीले २ चौका र एक छक्का प्रहार गरे । ७२ बलको सामना गर्दै अमेरिकाले दिएको उक्त लक्ष्य नेपालले मात्रै ३२ बल खर्च गर्यो ।

४० ओभरसम्ममा अल आउट गर्ने लक्ष्य थियो

विश्व किर्तिमनसँग बराबरी भएको सानो लक्ष्यमाथि आठ विकेटको जीत हात पारेको नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध शुरुमै राम्रो बलिङ गर्ने लक्ष्य बनाएको बताए ।

त्यसोत, उनले आजको खेलमा करण केसी बाहेक सबै बलर स्पिनर खेलाएका थिए । तर, सन्दीप र सुशनले नै खेल सकाएपछि उनले आफुले मैदान प्रवेश गर्दा कम्तीमा पनि ४० ओभरमा अल आउट गर्ने लक्ष्यसहित गएको बताए ।

‘अमेरिका राम्रो टोली हो । हामीले उसलाई ४० ओभरसम्म अल आउट गर्ने लक्ष्य बनाएका थियौ. । यति छिटो खेल सकिन्छ भन्ने अनुमान पनि थिएन,’ मल्लले खेल पछि भने ।

यता, सबैभन्दा कम रनको योगफल दिएको अमेरिकाका कप्तानले आफू खेलबाट सन्तुष्ट नरहेको बताए । ‘म यस खेलमा डिसअपोइन्ट छु । पिचले साथ दिएन । नेपालको स्पिनरले राम्रो गरे,’ अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करले भने ।

अमेरिकामाथि जीत हात पार्दै घरेलु मैदानमा भएको शृङ्खला सुखद् अन्त्य गरेको नेपालले आफ्नो ४ खेलमा दुईमा जीत र दुईमा हार व्येहोर्यो । ओमानले सिरिज क्लिन स्विप गर्दा अमेरिका भने नेपालमा खुसी हुन सकेन ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १ : ४५ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता